ad ad

कारोबार


जसलाई बजाजका बाइकले ढुक्कसँग पुर्‍याउँछन् हिमालदेखि तराईसम्म

जसलाई बजाजका बाइकले ढुक्कसँग पुर्‍याउँछन् हिमालदेखि तराईसम्म

नेपालखबर
माघ १८, २०७९ बुधबार ११:५३, काठमाडौँ

इटहरी स्थायी घर भएका सुजन खड्का काठमाडौंमा बस्छन्। उनी महिना बिराएर घर जान्छन्। काठमाडौं–इटहरी करिब ४८० किलोमिटरको दूरीमा पर्छ। उनी बाइकमै ओहोरदोहोर गर्छन्। 

३ पटक डोमिनारमा काठमाडौं–इटहरी आउजाउ गरिसकेको उनी बताउँछन्। लामोदूरीको यात्रामा थकान बढी हुने उनको अनुभव छ। 

‘सडकको अवस्थाअनुसार थकान हुन्छ’, उनी भन्छन्, ‘पहिला अर्को बाइकमा राइडिङ गर्दै आएको थिएँ।’

लामोदूरीमा हिँड्दा बजाज डोमिनारमा ब्याग राख्ने ठाउँ, ह्विलबेस बढी हुँदा ‘कम्फर्ट फिल’ हुने गरेको खड्का बताउँछन्। 

‘काठमाडौंबाट इटहरीको राइड ८ घण्टाको पर्छ। यसमा हिँड्दा थकाइ पनि कम हुन्छ’, उनले राइडिङ अनुभव सुनाए। 

लामो दूरीमा बजाजका बाइक कुदाउँदा सर्भिसको कुनै समस्या नरहेको उनले बताए। कारण, कम्पनीले सबैजसो ठाउँमा सर्भिस सेन्टरको व्यवस्था गरिदिएको छ। 

‘बाइक राइडिङ गरी जुन ठाउँमा जाँदा पनि बजाजको सर्भिस सेन्टर भेटिन्छन्’, उनले सुनाए, ‘गोसाइँकुण्ड (रसुवा) जाँदा पनि भेट्टाएको थिएँ।’ 

यसबाहेक उनले अहिलेसम्म कुदाउँदा कुनै समस्या भोग्नुपरेको छैन। 

‘म्यानुफ्याक्चरिङमा कुनै समस्या देखिए सर्भिस सहजै पाइन्छ’, उनी निर्धक्क हुँदै भन्छन्। 

नेपालमा २ वटा सेगमेन्टमा उपलब्ध बजाजको डोमिनार ४०० र २५० सीसीमा किन्न पाइन्छ। बीएस ६ इन्जिनमा उपलब्ध यो बाइक साहसिक यात्रामा रोजाइको बाइकका रुपमा बढी प्रयोग भइरहेको छ। 

उदाहरणको लागि ग्राहकले ‘बजाज डोमिनार राइडर ग्रुप’ नै बनाएर भर्खरै मात्र सिन्धुलीगढीदेखि कास्कीको सिक्लेससम्म राइड गरेका थिए। त्यसकारण डोमिनार राइडिङ आवश्यकता र मनोरञ्जन दुवैमा प्रयोग हुँदै आएको यसले बुझाउँछ। 

ड्युल च्यानल एबीएस रहेको डोमिनार ४०० को मूल्य नेपालमा ६ लाख ४४ हजार रुपैयाँ छ। यसले अधिकतम ४० पीएस र ३५ एनएम टर्क जेनेरेट गर्छ। त्यस्तै, डोमिनार २५० को मूल्य ५ लाख ६७ हजार पर्छ। यो बाइकले २७ पीएस पावर र २३.५ एनएम टर्क जेनेरेट गर्छ। 
दुवै बाइकमा १३ लिटर क्षमताको इन्धन ट्यांकी छ। 

हिमालदेखि तराईसम्म दगुर्छन् बजाजका मोटरसाइकल
बजाजका बाइक तराई, पहाडदेखि हिमालसम्म गुड्ने गरेका छन्। बजाजका डोमिनारसँगै २०० एनएस, २२० एएफ, १५० पल्सर नेपालका सडकमा प्रशस्तै भेटिन्छन्।  

बजाज पल्सर २२० एफ बजेट बाइकको रुपमा परिचित छ। उच्च पहाडी तथा पहाडी क्षेत्रमा २२० बाइक प्रयोग हुने गरेको छ। पल्सर २२० लामो दूरीको सहरी यात्राका लागि पनि धेरैले प्रयोग गर्ने गरेका छन्। 

‘पिकअप असाध्यै राम्रो’
पल्सर २२० एफ प्रयोग गर्दै आएका राइडर दिलिप शिवाकोटीलाई  यसले दिने पिकअप सबैभन्दा राम्रो लाग्छ। उनले अधिकांश समय काठमाडौं आसपास यो बाइक कुदाउँछन्। 

‘पल्सर २२० काठमाडौं आसपासमा नियमित प्रयोग गर्दै आएको छु’, उनले भने, ‘यसको पिकअप सबैभन्दा राम्रो लाग्छ। बाइक कुदाउँदा २२०को सस्पेन्सनले फ्लेक्जिबिलिटी दिन्छ।’

एबीएस सिस्टम रहेको पल्सर २२० को ३ लाख ९४ हजार रुपैयाँ मूल्य छ। यसको पर्फमेन्स पनि राम्रो रहेको राइडरहरुको अनुभव छ। 

अधिकतम पावर २०.४ पीएस पावर र १९.१२ एनएम टर्क जेनेरेट गर्ने उक्त बाइकमा १५ लिटरको फ्युल ट्यांक छ। दैनिक लामो दूरीको यात्रा गर्नेले २२० प्रयोग गर्छन्।

सहरी सडकले रुचाएको एनएस
यता बजाजकै पल्सर एनएस २०० र १६० सहरी सडकमा बढी कुद्ने गरेका छन्। पल्सर एनएस समग्र टुर राइडिङको लागि पनि प्रयोग हुन्छ। 

एनएस २०० एफआई र एनएस इन्जिनमा समेत नेपालमा उपलब्ध छ। उक्त बाइकले अधिकतम २३.५ पीएस पावर र १८.३ एनएम टर्क जेनेरेट गर्छ।

पल्सर एनएस २०० एफआईमा बजारमा उपलब्ध छ। हिजोआज कलेज जाने युवाहरुको रोजाइमा बढी २०० एनएस पर्ने गरेको छ। युवाहरुले यसलाई स्ट्यान्डर्ड बाइकको रुपमा लिने गरेका छन्। 

२०० एनएस करिब १ महिना अघिमात्रै खरिद गरेका विकास केसीले यसको लुक्स र पिकअपको कारण बाइक कुदाउँदा राम्रै लागेको बताए।उनी दैनिक प्रयोगका लागि यो बाइक चढिरहेका छन्। 

‘हामीले करिब १ महिनाअघि २०० एनएस खरिद गरेको हो’, केसीले भने, ‘छोराले कलेज जान आउन बढी प्रयोग गर्दै आएको छ।’

एनएस २०० को ३ लाख ३५ हजार रुपैयाँ पर्छ भने एबीएस विथ एफआईको ४ लाख १ हजार रुपैयाँ मूल्य राखिएको छ। बजाजको बढी बिक्री हुनेमा एनएस २०० बाइक पर्छ।  

एनएस १६० एबीएस सिस्टममा उपलब्ध छ। १६० को १५.५ पीएस अधिकतम पावर रहेको छ भने यसले १४.६ एनएम टर्क जेनेरेट गर्छ। 

विलासिताको उपमा एभेन्जर 
यसबाहेक सिटी राइडको लागि बजाजको एभेन्जर प्रख्यात छ। यो आफैँमा क्रुज बाइक हो। त्यही भएर यसले कम्फर्ट बाइकको परिचय पाएको छ। २२० सीसीको यो बाइकले १९.०३ पीएस पावर र १७.०५ एनएम टर्क जेनेरेट गर्छ। यसको मूल्य ४ लाख ५ हजार रुपैयाँ रहेको छ।

नेपालमा सन् १९५९ मा स्थापना भएको हंसराज हुलासचन्द बजाजको २ र ३ पांग्रेको आधिकारिक बिक्रेता हो। कम्पनीले सन् १९९८ देखि बजाजको आधिकारिक बिक्रेताको काम गरिरहेको छ। 

गोल्छा ग्रुपले एसेम्बल कम्पनी खोलेर नवलपरासीबाट केही मोडल एसेम्बल गर्दै आएको छ। गोल्छा गुपअन्तर्गतको कम्पनीको काठमाडौंमा एउटा शोरुम छ भने १५० बढी क्षेत्रीय डिलरसिप छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .