ad ad

कला


‘फूलबारी’मा आमाबुवा–छोराछोरीबीच दूरीको कथा (भिडिओ)

‘फूलबारी’मा आमाबुवा–छोराछोरीबीच दूरीको कथा (भिडिओ)

नेपालखबर
माघ ११, २०७९ बुधबार ८:३२, काठमाडौँ

नेपाली फिल्म ‘फूलबारी’को ट्रेलर रिलिज भएको छ। रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘फूलबारी’को ट्रेलरमा पारिवारिक सम्बन्धको कथा प्रस्तुत गरिएको छ। बूढेसकालमा आमाबुवाप्रतिको जिम्मेवारीबाट सन्तान कसरी पन्छिन्छन् भनेर फिल्ममा देखाउन खोजिएको छ। 

४ मिनेट ९ सेकेन्डको ट्रेलरले नेपाली समाजको कहालीलाग्दो पाटोमा एउटा सुखी घर असमझदारीले कसरी उजाडिन्छ भन्ने कथा प्रस्तुत गरिएको छ। दाम्पत्य जीवनमा प्रेम कति महत्त्वपूर्ण रहन्छ भन्ने सन्देशसमेत फिल्मको ट्रेलरले दिन खोजेको देखिन्छ। 

अभिभावक र सन्तानबीचको सम्बन्धको गहिरिएर देखाउन खोजिएको सार्वजनिक ट्रेलर हेर्दा प्रियंका कार्की छुच्ची बुहारीको भूमिकामा छिन्। छोराछोरी सक्षम भएपछि पराया हुने संकटको कथा हो - ‘फूलबारी’को ट्रेलरले भन्न खोजेको कथा। 

फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङलगायत कलाकारले शीर्ष भूमिका निर्वाह गरेका छन्। 

फागुन ५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको ‘फूलबारी’ यशोधा फिल्मस्‌ले निर्माण गरेको हो। फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन्।  फिल्ममा कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत सुन्न सकिन्छ।

अमेरिकी छायाकार जोस हेरमले खिचेका फिल्ममा मनिष ढकालले लगानी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .