ad ad

कला


आजदेखि सरिताको ‘सरी मम’, फिल्म हेर्नेलाई अफरैअफर

आजदेखि सरिताको ‘सरी मम’, फिल्म हेर्नेलाई अफरैअफर

नेपालखबर
माघ ५, २०७९ बिहिबार ७:३९, काठमाडौँ

अभिनेत्री सरिता लामिछाने अभिनित फिल्म ‘सरी मम’ आजदेखि प्रदर्शनमा आएको छ। नयाँ फिल्म शुक्रबार रिलिज हुने परम्परा तोडेर यो फिल्म बिहीबारदेखि काठमाडौं उपत्यकामा रिलिज भएको हो। फिल्म हेर्न आउने दर्शकले आकर्षक उपहारसमेत पाउने निर्माताले घोषणा गरेका छन्। 

फिल्म निर्माण कम्पनी एनएफआई क्रियसनले आमा र छोराबीचको प्रेमलाई चित्रण गर्ने गरी टिकटक बनाउँदा ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ। सरी मम ह्यासट्याग उल्लेख गरेर टिकटक भिडिओ बनाउने उत्कृष्टलाई पनि पुरस्कार दिइने उल्लेख छ। निर्माता विनोद लामाले माघ महिनाभरलाई अफर लागू हुने बताए।

दुईवटा टिकट किन्दा दर्शकले एउटा सित्तैमा पाउने पनि निर्माण टिमले बताएको छ। हलसँगको सहकार्यमा यो अफर ल्याइएको निर्देशक नवीन बोगटीले जानकारी दिए।

बसुन्धरामा रहेको चिरायु अस्पतालले फिल्म हेरिसकेर टिकटको कपी लिएर अस्पताल पुग्ने दर्शकलाई स्वास्थ्य परीक्षणमा ५० प्रतिशतसम्म छुट दिने भएको छ। निर्माण टिम र अस्पतालबीच यस्तो सम्झौता भएको हो। 

तन्नेरी दर्शक-लक्षित यो फिल्मले लागूऔषधविरुद्ध सन्देश दिन्छ। पहिलो चरणमा उपत्यकाका हलमा मात्रै फिल्म लाग्ने र त्यसपछि प्रदेश-लक्षित गरेर सातै प्रदेशमा फिल्मलाई रिलिज गर्ने निर्माता लामाले जानकारी दिए। 

फिल्ममा सरोज खनाल, सरिता लामिछाने, एलिश राई, प्रभात पल, प्रेविल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीलगायत कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .