ad ad

कारोबार


अर्थतन्त्रको जहाज झन्डै दुर्घटनामा परेको थियो, क्रेनले रनवेमा तानौं : खतिवडा

अर्थतन्त्रको जहाज झन्डै दुर्घटनामा परेको थियो, क्रेनले रनवेमा तानौं : खतिवडा

फाइल।


नेपालखबर
माघ ५, २०७९ बिहिबार ७:४२, काठमाडौँ

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रको जहाज झन्डै दुर्घटनामा परेको टिप्पणी गरेका छन्। साथै, सुरक्षित अवतरण गर्न खोज्दाखोज्दै बाहिर गएको अर्थतन्त्रलाई क्रेनले तानेर रनवेमा ल्याउनपर्ने अवस्था रहेको पनि खतिवडाले बताए।

बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा बोल्दै खतिवडाले भने, ‘नेपालको अर्थतन्त्रको जहाज झन्डै दुर्घटनामा परेको थियो। धेरै पटक बम्पिङ भएको हो। सुरक्षित अवतरण गर्न खोज्दाखोज्दै बाहिर गएको अर्थतन्त्रको जहाजलाई अब क्रेनले तानेर रनवेमा ल्याउनुपर्छ।’

साथै, २० प्रतिशत आयात घटेर ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा सन्तुष्टि लिन नहुने उनले बताएका छन्। 

‘राष्ट्र बैंकले एकातिरबाट तान्यो त्यही पनि असन्तुलन भइरहेको छ। अर्को दुईवटा चक्कासँगै तान्नुपर्ने भएको छ। रनवेमा ल्याइसकेपछि अनि टेकअफ गर्नुपर्ने कुरा आउँछ। टेकअफ गर्ने कुरामा हेड विङ विश्वको अर्थतन्त्र कता गइरहेको छ,’ खतिवडाले कार्यक्रममा बोल्दै भने, ‘हेड विङलाई त्यति धेरै समस्या छैन। त्यसलाई मैले त्यति ठूलो मानेको छैन। इन्जिनहरु ठिक हुँदा अर्थतन्त्रको जहाज सही गति र दिशामा पनि उठ्छ। अहिले रनवे ट्रयाक छोडेपछि हामी जिरो स्पीडमा रहेका छौं। तर यसलाई गति दिन सकिन्छ। अहिले नेपालको अर्थतन्त्र जहाज रनवेमा पनि शुन्यमा पुगेको अवस्था छ।’

१२ देखि १५ प्रतिशत आयात बढ्दा समेत भुक्तानी सन्तुलन बिग्रने चुनौति रहेको अतिवडाले बताए। 

दुई÷तीनवटा फ्याकटरहरु सही हुँदा नेपालको अर्थतन्त्र सही गति र दिशामा उड्नसक्ने अवस्थामा रहेको दाबी समेत गरे। हरेक क्षेत्रमा थप लगानी ल्याउनुभन्दा तत्कालीन क्षमता बढाउने योजना आवश्यक रहेको उनले बताए।

ब्याजदर घटेर केही नहुने भन्दै नेपाललाई रोजगारी वृद्धि,निर्यात र
उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता रहेको खतिवडाको भनाई छ। 

सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेपनि ५ प्रतिशत आर्थिक वृद्धि गर्न सकिने बताए।

‘४५ अर्बले विदेशी मुद्रा सञ्चि बढ्यो भनेर सन्तुष्टि लिनुपर्ने अवस्था छैन। अवस्था चुनौतिपूर्ण रहेको छ। आयात १२ देखि १५ प्रतिशतले बढ्ने स्थिति आयो भने भुक्तानी सन्तुलन फेरि बिग्रँदै छ।’ खतिवडाले भने।

उनले उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदर एकल अंकको आउनुपर्छ भनेपनि अब निक्षेपको ब्याजदर आउनसक्ने तर कर्जाको ब्याजदर तत्काल एकल अंकमा आउन नसक्ने बताए।

खतिवडाले पछिल्लो समय कालो सूचीमा पर्नेको संख्या बढीरहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .