ad ad

राजनीति


सभामुख मैले होइन, पार्टीले बनाउने हो : मन्त्री पुन

सभामुख मैले होइन, पार्टीले बनाउने हो : मन्त्री पुन

नेपालखबर
पुस ११, २०७६ शुक्रबार १२:१३,

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले सभामुख चयनको विषय आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको भएको बताएका छन्।

काठमाडौँबाट सञ्चालन हुने एक अनलाइनले आफूलाई हवाला दिँदै लेखेको समचारलाई पुष्टि गर्न चुनौती दिँदै उनले यस्तो बताएका हुन।

शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री पुनले सो अनलाईनले आफूसँग प्रतिक्रिया नै नलिएको भन्दै पुष्टि गर्न चुनौती दिएका हुन्।

सभामुख चयनको विषयमा शीर्ष नेतृत्व तहमा छलफल भएको भन्दै उनले कसलाई सभामुख बनाउने र रोक्ने भन्ने आफ्नो जिम्मेवारी र प्रसंगभन्दा बाहिर भएको बताएका छन्।

‘सभामुख चयनको विषयमा पार्टीको शीर्ष नेतृत्व तहमा छलफल भइरहेको छ। हालसम्म कसलाई सभामुख बनाउने भन्नेबारे ठोस भइसकेको अवस्था होइन। मेरो लागि कसलाईं सभामुख बनाउने वा रोक्ने भन्ने न जिम्मेवारी न प्रासांगिक विषय नै हो’, फेसबुकमा मन्त्री पुनले लेखेका छन्, ‘त्यो पार्टीको संस्थागत निर्णंयमा भर पर्ने कुरा हो। तसर्थ उक्त समाचार शतप्रतिशत असत्य, झुठ र कपोलकल्पित भएको स्पष्ट गर्न चाहन्छु। र, समाचारको सत्यता पुष्टि गर्न समाचार प्रकाशित गर्ने पक्षलाई चुनौती दिन चाहन्छु।’

उनले आफ्नो व्यक्तिगत चरित्र हत्या गर्ने नियोजित उद्देश्यद्वारा प्रेरित भएर समाचार प्रकाशित गरिएको भन्दै समाचारका कारण कुनै भ्रम वा आशंकामा नपर्न सबैसँग आग्रह समेत गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .