कला


भाइरल भए राखी सावन्तको गोप्य विवाहका तस्बिर

भाइरल भए राखी सावन्तको गोप्य विवाहका तस्बिर

नेपालखबर
पुस २८, २०७९ बिहिबार ११:४७, काठमाडौँ

बलिउड ड्रामा क्विन राखी सावन्तले आफ्ना प्रेमी आदिल खान दुर्रानीसँग गोप्य रूपमा विवाह गरेकी छन्। उनले अदालत गएर विवाह गरेकी हुन्। अहिले उनका विवाहका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। तस्बिरमा उनी हातमा विवाहको प्रमाणपत्रसहित आदिलसँग देखिएकी छन्। 

राखीको यो दोस्रो विवाह हो। यसअघि उनले रितेश नामका व्यक्तिसँग विवाह गरेकी थिइन्। तर त्यो सम्बन्ध लामो समय टिक्न सकेन। 

राखी सावन्त लामो समयदेखि आदिल खानसँग डेट गरिरहेकी थिइन्। उनीहरु प्रायः सार्वजनिक रूपमा सँगै देखिन्थे। राखीले आदिलसँगको आफ्नो सम्बन्धलाई विवाहमा परिणत गरेकी छन्। राखीभन्दा ६ वर्ष कान्छा आदिल व्यवसायी हुन्।

राखीले आफ्नो विवाहको औपचारिक जानकारी भने गराएका छैनन्। त्यसैले उनका कतिपय फ्यानले उनले यो चर्चाका लागि गरेको भनेर प्रतिक्रिया जनाएका छन्। 

राखी लाइम लाइटमा रहन मन पराउने मान्छे हुन्। उनी २००६ मा बिग बोसको पहिलो सिजनमा प्रतियोगीका रूपमा देखिएकी थिइन्। त्यसयता उनले निकै चर्चा कमाइन्। उनले शाहरुख खानको फिल्म ‘मै हुँ ना’मा मौका पाइन्। त्यसपछि उनी धेरै रियालिटी शोमा देखा परिन्। उनले राखीका स्वयंवर र नच बलिएबाट निकै चर्चा पाएकी थिइन्। 

मिका सिंहसँगको किस विवादले पनि उनलाई निकै चर्चामा ल्यायो। यसबाहेक उनी बिग बोस १५ मा पुन: एकपटक प्रतियोगीका रुपमा देखा परिन्। चर्चाका लागि अनेक गर्ने राखीको यो तस्बिरलाई पनि धेरैले विश्वास गरिरहेका छैनन्। जे होस् अहिले उनको विवाहका तस्बिर भाइरल भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad