अपराध


सन्दीपलाई छाड्ने/नछाड्नेबारे आज उच्च अदालतमा सुनुवाइ हुँदै

सन्दीपलाई छाड्ने/नछाड्नेबारे आज उच्च अदालतमा सुनुवाइ हुँदै

नेपालखबर
पुस २८, २०७९ बिहिबार ११:५२, काठमाडौँ

जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सन्दीप लामिछानेलाई रिहा गर्ने कि नगर्ने भन्ने विषयमा आज उच्च अदालतमा सुनुवाइ हुँदै छ। उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासमा तेस्रो नम्बरमा निवेदनको पेसी तोकिएको छ।

आज निवेदनमा सुनुवाइ हुने सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले नेपालखबरलाई बताए। ‘आज सुनुवाइ सर्दैन, हामी इजलासमा पुगिसकेका छौं’, घिमिरेले भने। 

यसअघि सुनुवाइ गर्ने मिति तोकेर पटकपटक सारिएको थियो। एकपटक हेर्न भ्याइएन भने बाँकी पेसीमा सन्दीप पक्षले नै स्थगन गर्न निवेदन दिएको थियो। 

सन्दीपले गत भदौ ६ गते जबर्जस्ती करणी गरेको भन्दै किशोरीले जाहेरी दिएकी थिइन्। जाहेरी परेको एक महिनापछि सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

प्रहरीले अनुसन्धान सकेपछि कात्तिक १४ गते अदालतमा मुद्दा दर्ता भएको थियो। 

कात्तिक १८ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। 

त्यसविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिँदै आफूलाई थुनामुक्त गरेर मुद्दाको अन्तिम किनारा लगाउन माग गरेका थिए।

यता जिल्ला अदालत काठमाडौंले पनि अन्तिम फैसलाका लागि प्रमाण जुटाउने र बकपत्र गराउने काम गरिरहेको छ।

यसअघि अस्पतालबाट किशोरीको जन्म मिति माग गरिएको थियो। वीरगन्जको नारायणी अस्पतालले किशोरी नाबालिग नरहेको प्रमाण बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .