नेपाली फिल्म ‘दुई नम्बरी’ सुपरहिट गराएका निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म घोषणा गरेका छन्। नयाँ फिल्म ‘नाङ्गो गाउँ’ घोषणा गरेका दीपेन्द्रले कलाकार पनि सार्वजनिक गरेकाछन्।
उनको लेखन तथा निर्देशनमा बन्ने नयाँ फिल्म ‘नाङ्गो गाउँ’मा जय श्रेष्ठले लगानी गर्नेछन्। फिल्ममा दयाहाङ राई र मिरुना मगरको जोडी देखिने छ। मिरुना र दयाले यसअघि यो वर्षको ब्लकबस्टर फिल्म ‘कबड्डी ४’मा अभिनय गरेका थिए।
यी दुई कलाकारबाहेक अन्य कलाकार छनोट भइरहेको दीपेन्द्रले बताएका छन्। ‘नाङ्गो गाउँ’मार्फत राजनीतिक कथामा प्रस्तुत गर्ने तयारीमा रहेका दीपेन्द्र आगामी चैतबाट छायांकनमा निस्कने छन्।
‘यो फिल्ममा हामीले मानव जातिको लाचारीपना, निर्लज्जता र ढोंगप्रति कडा व्यंग्य गर्ने तयारी गरेका छौं। फिल्ममा दर्शकले हास्यरस, प्रेम र कारुणिकताको पनि आनन्द लिन पाउनेछन्’, फिल्मबारे लामाले भनेका छन्।
Shares
प्रतिक्रिया