ad ad

कोशी


प्रदेश १ : प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आज, यस्तो छ कार्यसूची

प्रदेश १ : प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आज, यस्तो छ कार्यसूची

नेपालखबर
पुस १७, २०७९ आइतबार ९:४८, विराटनगर

प्रदेश १ को प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आज बस्दै छ। नयाँ सांसद निर्वाचित भएपछि बस्न लागेको पहिलो अधिवेशन  दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।

प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीका अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखबाट अधिवेशन आव्हान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यसैगरी सभामा प्रदेश सभा नियमवाली २०७४ पहिलो संसोधन समेतलाई अगिंकार गरी बैठक संचालन गर्न प्रस्ताव प्रस्तुत हुने र प्रदेश नं १ प्रदेश प्रमुखबाट जारी प्रदेश सरकारको प्रदेश निजामति सेवाको गठन,संचालन र सेवाका सर्तहरु,सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संसोधन गर्न अध्यादेश २०७९ सभामा सम्वन्धित मन्त्रीले टेवल गर्ने कार्यसुची रहेको छ। 
 

निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम परिणाम बुझाएको २० दिनमा पहिलो बैठक बस्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार बैठकको तयारी गरिएको हो। सोही अनुसार प्रदेश प्रमुख परशुराम खापुङले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन पुस १७ गते दिउँसो १ बजेका लागि आह्वान गरेका थिए।

बैठकको संसद्का जेष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाइँको अध्यक्षता गर्दैछन्।

संविधानको धारा १८२ मा प्रदेशसभाको पहिलो बैठक भएको १५ दिनभित्र सभामुख र प्रदेश उपसभामुखमध्ये एक महिलाको निर्वाचन गर्नुपर्ने व्यवस्था छ भने सभामुख वा उपसभामुख फरक–फरक दलको हुनुपर्ने स्पष्ट व्यवस्था छ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा,एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन्।

गएको सोमबार प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईले प्रदेश सांसदहरूलाई शपथ ग्रहण गराएका थिए। उनीहरुले सपथ ग्रहण गरेकै दिनदेखि पारिश्रमिक तथा सुविधा पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .