ad ad

राजनीति


उत्तर कोरियाले दिने भनेको क्रिसमस गिफ्ट ‘चिटिक्कको गमला’ होलाः ट्रम्प

उत्तर कोरियाले दिने भनेको क्रिसमस गिफ्ट ‘चिटिक्कको गमला’ होलाः ट्रम्प

नेपालखबर
पुस ९, २०७६ बुधबार १०:५५,

यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाली नेता किम जोङ उनले दिने भनेको क्रिसमस गिफ्ट लिन तयार भएको बताएका छन्।

ट्रम्प भन्छन्,‘कोरियाले दिने भनेको क्रिसमस गिफ्ट चिटिक्कको गमला होला।’

अन्तर्राष्ट्रिय प्रतिबन्धको पर्वाह नगरी उत्तरले क्षेप्यास्त्र परीक्षणहरु तिव्र गतिमा गरिरहेका बेला अमेरिकालाई क्रिसमस गिफ्ट दिने बताएको थियो।

अमेरिकाले यस विषयलाई सांकेतिक चेतावनीको रुपमा हेरिनुपर्ने विश्लेषण भएको थियो। यद्यपी ट्रम्पले उत्तर कोरियाको चेतावनीलाई ठट्टाको रुपमा हेरेका हुन्।

गतवर्ष सिंगापुरमा अमेरिकासँग भएको वार्तापछि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई स्थगित गरेको थियो।

आफूमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा भएको खण्डमा क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौता मान्ने उत्तर कोरियाको तर्क थियो। तर अमेरिकाले यसैवर्ष भियतनाममा भएको शिखर वार्तामा उत्तरको आग्रहलाई वेवास्ता गर्यो।

अमेरिकाले आशिंक प्रतिबन्ध फुकुवा गर्ने सर्त राखेपछि उत्तर कोरिया र अमेरिकाको वार्ता त्यसयता हुन सकेको छैन।

पहिलो वार्तापछि उत्तरले करिब एक वर्ष कुनै क्षेप्यास्त्र परीक्षण गरेको थिएन। यतिबेला भने उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाई तिव्रता दिएको छ। एजेन्सी

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .