अजय देवगन अभिनीत बलिउड फिल्म ‘धमाल ४’ ले आक्रामक कमाइ गरिसकेको छ। पाँच दिनमा फिल्मले विश्वभर ११५ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको हो।
भारतमा भने फिल्मको नेट कलेक्सन ८३.२५ करोड भारु पुगेको छ। त्यस्तै ग्रस कलेक्सन भने झण्डै सय करोड नजिक पुगेको छ।
यस फिल्मले पहिलो दिन घरेलु बक्स अफिसमा १४ करोड भारु नेट ओपनिङ गरेको थियो। त्यस्तै दोस्रो दिन २२.५० करोड, तेस्रो दिन २८.५० र चौंथो दिन ८.७५ करोड कमाएको थियो। र, पाँचौँ दिन भने ९.५० करोड भारु कमाएको छ।
इन्द्र कुमारको निर्देशनमा बनेको यो फिल्म सन् २०१९ मा प्रदर्शन भएको ‘टोटल धमाल’ को सिक्वेल हो। यस फिल्ममा अजयसहित रितेश देशमुख, अरशद वारसी, जावेद जाफरी, रवि किशनलगायतको अभिनय छ।

प्रतिक्रिया