ad ad

कला


सलोनको ‘जय हो’ पोखरा र मुस्ताङमा छायांकन गरिने

सलोनको ‘जय हो’ पोखरा र मुस्ताङमा छायांकन गरिने

नेपालखबर
पुस १५, २०७९ शुक्रबार ९:२५, काठमाडौँ

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने सिनेमा ‘जय हो’को छायांकन पर्यटकीय नगरी पोखरा र मुस्ताङमा गरिने भएको छ। सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेत, निर्देशक टेक पौरखी राई र अभिनेता सलोन बस्नेतले पोखरा र मुस्ताङको भ्रमण गर्दै छायांकन लोकेसन फाइनल गरेका हुन्।

सिनेमा मुस्ताङमा ९० प्रतिशत र पोखरामा १० प्रतिशत छायांकन गरिनेछ। संसारलाई नेपालको सुन्दरता देखाउन सिनेमाको छायांकन पोखरा र मुस्ताङमा गर्न लागिएको प्रस्तुतकर्ता बस्नेतले बताए।

‘हाम्रो उद्देश्य सिनेमा निर्माण मात्र होइन, देशलाई संसारमा चिनाउनु पनि हो। पोखरा र मुस्ताङ सुन्दरताका खानी हुन र यी स्थानको प्रवर्द्धन गर्नु हाम्रो जिम्मेवारी हो। कथाले पनि सुन्दर लोकेसन नै खोजेकाले हामीले पोखरा र मुस्ताङ रोजेका हौं’, उनले भने ।

सुरेश न्यौपानेको कथा रहेको सिनेमामा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन्। अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लाग्ने निर्माण पक्षले बताएको छ। एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको सिनेमामा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहनेछ। आगामी माघ अन्तिम सातादेखि सिनेमाको छायांकन सुरु गर्ने तयारी निर्माण टिमको छ। 

विवाहपछि छायांकनमा फर्किन लागेका सलोन ‘जय हो’लाई लिएर उत्साहित छन्। सिनेमा राम्रो बन्ने विश्वास उनको छ। सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘जय हा’मा राज के अधिकारी र सुरज सरकार निर्माता छन्। अधिकारी र सरकार जय हो बिजनेस ग्रुप र सनराइज ग्रुप अस्ट्रेलिया रकडेलका सञ्चालक हुन्। सिनेमामा राम्जी राउत क्रियटिभ निर्देशकमा रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .