ad ad

खेल


पेलेको निधनबारे मेस्सी, नेयमार र रोनाल्डोले के भने?

पेलेको निधनबारे मेस्सी, नेयमार र रोनाल्डोले के भने?

नेपालखबर
पुस १५, २०७९ शुक्रबार ९:३४, काठमाडौँ

ब्राजिलका सर्वकालीन महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। उनको निधनप्रति विश्वभरका फुटबलप्रेमी तथा फुटबल खेलाडीहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन्। ब्राजिलका फरवार्ड नेयमारले पेलेको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन–‘किङ पेले, जसले सबैकुरा परिवर्तन गरे।’

‘पेलेभन्दा अघि फुटबल केवल खेल मात्र थियो’, सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले लेखेका छन्, ‘पेलेले सबैकुरा परिवर्तन गरे। उनले फुटबललाई कला र मनोरञ्जन पनि बनाए। उनले गरीब र अश्वेत मानिसको लागि आवाज उठाए।’ 

उनले थपेका छन्, ‘विशेषगरी उनले ब्राजिललाई चिनाए। फुटबल र ब्राजिलले पेलेकै कारण आफ्नो पहिचान पाएका छन्। उनी बिदा भएका छन् तर उनको जादु हामीसँगै रहनेछ।’ 

पीएसजीमा नेयमारका साथी केलियन एम्बाप्पेले पनि पेलेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। एम्बाप्पेले पेलेलाई फुटबलको राजा भन्दै उनको विरासत कहिले पनि भुल्न नसकिने उल्लेख गरेका छन्। 

हालै मात्र अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पनि सामाजिक सञ्जालमा पेलेको केही तस्बिर राख्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

अर्का फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले पनि पेलेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधनमा अहिले विश्व फुटबलले भोगेको दुःख वर्णन गर्न नसकिने बताएका छन्। पेलेले आफूप्रति देखाएको सद्भाव पनि पनि आफूले नभुल्ने बताएका छन्। रोनाल्डोले विश्वभरका फुटबलप्रेमीले उनलाई सधैं स्मरण गर्ने रोनाल्डोको भनाइ छ। 

फिफा अध्यक्ष गियानी इन्फान्टिनोले पनि पेलेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।  अमेरिकी राष्ट्रपति जो बाइडेनलृ पनि उनको निधनमा दुःख व्यक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .