ad ad

कला


‘हात्तीछाप’मा लगानी गर्दै दीपक मनाङे

‘हात्तीछाप’मा लगानी गर्दै दीपक मनाङे

नेपालखबर
पुस १४, २०७९ बिहिबार ९:३९, काठमाडौँ

नेपाली फिल्म ‘हात्तीछाप’मा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले लगानी गर्ने भएका छन्। फिल्म मनाङेले निर्माण गर्ने औपचारिक घोषणा भएको छ। 

फिल्ममा दयाहाङ राई र सौगात मल्लले शीर्ष भूमिकामा रहेर अभिनय गर्ने पक्का भएको छ। सिमोस सुनुवारले निर्देशन गर्ने फिल्म अगामी चैतबाट छायांकनमा जाने छ। 

एक्सन थ्रिलर फिल्ममा काठमाडौं र पाल्पाको अधिकांश दृश्य समेटिने छ। फिल्ममा सौगात र दयाहाङका साथमा पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायत कलाकारले पनि अभिनय गर्ने छन्। 

मनाङेले यसअघि पनि ३ फिल्म निर्माण गरिसकेका छन्। 

उनले ‘वान वे’,‘पोइ पर्‍यो काले’ र ‘दुई नम्बरी’ निर्माण गरिसकेका छन्। उनले २ करोड लगानी गरेको ‘दुई नम्बरी’ व्यावसायिक रुपमा सफल सिनेमा हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .