आगामी शुक्रबारबाट प्रदर्शन हुने सिनेमा ‘डिसेम्बर फल्स’को अहिले राम्रै चर्चा देख्न, सुन्न सकिन्छ। इो चर्चामा फिल्मको मेकिङदेखि कलाकारसम्म समेटिन्छन्।
लामो समयको अन्तरालपछि नायक आर्यन सिग्देल यहि फिल्म मार्फत पुनः पर्दामा देखिदैछन्। फिल्मको ट्रेलर, टिजर तथा सार्वजनिक भएको गीतले पनि राम्रो चर्चा पाएको छ।
यसैबिच फिल्मको नयाँ गीत सार्वजनिक भएको छ। रामप्रसाद रिजालले निर्माण गरेको फिल्मको ‘यो के भयो’ बोलको गीत सार्वजनिक भएको हो।
सार्वजनिक गीतमा अस्मिता अधिकारी र मनिष ढकालको स्वर, सुशान्त गौतम र अनिल शर्माको शब्द, सुशान्त गौतमको संगीत सुन्न सकिन्छ। फिल्मको सार्वजनिक गीतमा आर्यन सिग्देल र उपासना सिंह ठकुरीको प्रेम देखाइएको छ।
फिल्मकोे यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्। फिल्ममा आर्यन र उपासनाका साथमा शिवहरि पौडेल, सलोन बस्नेत, नागेन्द्र रिजाल, नरेश भट्टराई, शिशिर राना लगायतका कलाकारले अभिनय गरेका छन्।
प्रविण झाले निर्देशन गरेको फिल्ममा महेश गुप्ताको छायांकन, विपिका खनालको कथा, श्री श्रेष्ठको एक्सन, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन छ।
Shares
प्रतिक्रिया