ad ad

कला


मानवअधिकार चलचित्र महोत्सव समापनमा दयाको ‘फोर नाइट्स’

मानवअधिकार चलचित्र महोत्सव समापनमा दयाको ‘फोर नाइट्स’

नेपालखबर
पुस ६, २०७९ बुधबार ११:३१, काठमाडौँ

नेपाल पर्यटन बोर्डमा जारी ‘मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आज सकिँदै छ। महोत्सव समापनमा दयाहाङ राई निर्देशित फिल्म ‘फोर नाइट्स’ प्रिमियर हुने छ। यो फिल्म दीपक रौनियारले निर्देशन गरेका हुन्। 

बर्लिन फेस्टिभलमा विश्व प्रिमियर भइरहेको यो फिल्म नेपालमा पहिलोपटक देखाउन लागिएको हो। यो फिल्ममा दयालाई आमशा मगरातीले साथ दिएकी छन्। 

महोत्सवमा २५ देशका ६४ कथानक फिल्म, वृत्तचित्र, एनिमेसनलगायतका फिल्म प्रदर्शन भएका छन्। प्रदर्शन भएका फिल्ममध्ये चार विधाका उत्कृष्ट फिल्मलाई नगद सहित अवार्ड प्रदान गरिने छ। 

उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि अवार्ड प्रदान गरिनेछ। आइतबारदेखि ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित आयोजना भएको महोत्सव शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स : टप अफ द वर्ल्ड’ प्रिमियरसँगै सुरु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .