विश्वकप विजेता टोलीले समर्थकसँग खुसी बाँड्ने क्रममा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज भने विवादमा तानिएका छन्।
अर्जेन्टिनाले विश्वकपको फाइनल जितेदेखि नै गोलरक्षक मार्टिनेज विवादमा तानिएका हुन्। आइतबार राति कतार विश्वकपमा गोल्डेन ग्लोब जित्ने बेलामा गरेको सेलिब्रेसनले ओलोचित भएका मार्टिनेज स्वदेश फर्किएपछि पुनः एकपटक विवादमा तानिएका हुन्।
विश्वकपको उपाधि जितेपछि मंगलबार स्वदेश फर्किएको अर्जेन्टिनाको टोलीलाई भव्य स्वागत गरिएको थियो।
स्वदेश फर्किएपछि गोलरक्षक मार्टिनेजले खुसीयाली मनाउने क्रममा काखमा सानो गुडिया बोकेका थिए। सो गुडियाको अनुहारमा फ्रान्सेली मुख्य फरवर्ड केलियन एम्बापेको फेस पोष्टर टाँसिएको थिए। एम्बाप्पेले पेनाल्टी सुटआउटसहित फाइनलमा ४ गोल गरेका थिए।
एम्बापेको पोष्टर लगाइएको गुडिया बोकेपछि धेरैले मार्टिनेजले खेल भावना विपरीत कार्य गरेको भन्दै आलोचना गरेका छन्।
आइतबार राति भएको विश्वकपको फाइनलमा साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको हो।
विश्व विजेता टोलीलाई स्वागतका लागि अर्जेन्टिना सरकारले सार्वजनिक बिदा दिएको थियो। विश्वकप जितेपछि टोली मंगलबार स्वदेश पुगेको थियो।
प्रतिक्रिया