कला


पूर्वमिस नेपाल अस्मीको प्रेम सम्बन्ध अन्त्य

पूर्वमिस नेपाल अस्मीको प्रेम सम्बन्ध अन्त्य

नेपालखबर
मंसिर २९, २०७९ बिहिबार १२:२०, काठमाडौँ

पूर्वमिस नेपाल अस्मी श्रेष्ठ भारतीय गायक सनम पुरीको प्रेममा थिइन्। उनीहरु झण्डै ३ वर्ष प्रेममा रमाए। तर उनीहरुको प्रेम दिगो हुन सकेन। यी दुईको प्रेम टुङ्गिएको खबर सार्वजनिक भएको छ। 

सामाजिक सञ्जालमा अस्मी र सनम निकै भेटिन्थे। भविष्यका योजना समेत बनाइरहेको यो जोडीका रोमान्टिक तस्बिर सार्वजनिक भइरहेका हुन्थे तर केही समययता यी दुईको प्रेम र रोमान्स टुंगिएको जनाइएको छ। 

अस्मी र सनम दुवैले प्रेममा रहँदा समाजिक सञ्जालमा राखेका युगल तस्बिर मेटाएका छन्। लामो समयदेखि उनीहरुका युगल तस्बिर सार्वजनिक भएका छैनन्। प्रेममा रहँदा सनमले अस्मीलाई भविष्यकी रानी भन्दै प्रेमपत्र समेत लेखेका थिए। तर सम्बन्ध सकिएपछि भने यो जोडी मौन छ। 

अस्मीसँग सम्बन्ध सकिएको खबरसँगै सनमले नयाँ प्रेमिका सार्वजनिक गरेका छन्। उनले इन्स्टाग्राममा नागाल्यान्डकी एक गायिकालाई प्रेमिकाका रुपमा चिनाएका छन्। सनमले नयाँ प्रेमिकाको तस्बिर सार्वजनिक गरेपछि दुईखाले प्रतिक्रिया आइरहेका छन्। एकथरीले उनलाई नागाल्यान्डकी युवतीको मन जितेकोमा बधाई दिएका छन्। अर्काथरीले नेपालकी अस्मीलाई धोका दिएको भन्दै आलोचना गरेका छन्। 

अस्मी सन २०१६ को मिस नेपाल विजेता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad