कारोबार


राष्ट्रिय वाणिज्यले पायो तेस्रो ‘बेस्ट मेनेज्ड कमर्सियल बैंक’ अवार्ड

राष्ट्रिय वाणिज्यले पायो तेस्रो ‘बेस्ट मेनेज्ड कमर्सियल बैंक’ अवार्ड

नेपालखबर
मंसिर २९, २०७९ बिहिबार १२:५३, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौंमा सम्पन्न भएको एसियन पेन्ट्स ‘न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड्स कार्यक्रममा ‘थर्ड बेस्ट मेनेज्ड कमर्सियल ब्यान्क अफ दि इयर २०२२’ अवार्ड प्राप्त गरेको छ। 

सो अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण गरेका थिए। 

अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शमशेर राणालाई व्यावसायिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लाइफ टाइम एचिभमेन्ट इन बिजनेस लिडरशिप अवार्ड प्रदान गरिएको थियो। 

सन् २०१३ देखि न्यू बिजनेश एज प्रालिले व्यावसायिक संस्थाहरुको गरेको विभिन्न व्यावसायिक कार्य प्रगतीको आधारमा अवार्ड प्रदान गर्दै आइरेको आयोजकले बताएको छ।

कार्यक्रममा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिएको थियो। बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad