हास्य कलाकार जितु नेपाल नयाँ कमेडी शो प्रसारणको तयारीमा जुटेका छन्। ‘मुन्द्रेको कमेडी क्लब’ निकै चर्चित बनाएका जितुले यो शो पत्रकार सम्मेलन गरेरै बन्द गरेका थिए।
जितु अब पुसको अन्तिम साताबाट नयाँ कमेडी शोका साथमा देखिने भएका हुन्। शोको सम्पूर्ण तयारी सकिएको जितुले बताएका छन्।
भन्छन्, ‘अब पुसको अन्तिमबाट मेरो कमेडी शो आउँदै छ। कुन टेलिभिजनबाट भन्ने केही दिनमा निधो हुन्छ। अहिले प्रसारका लागि टेलिभिजनसँग कुराकानी भइरहेको छ।’
उनले नयाँ शोमा केही पुरानै कलाकार दोहोरिने बताएका छन्। केही नयाँ कलाकार पनि देखिने जितुले बताए।
जितुले ‘मुन्द्रेको कमेडी क्लब’चाहिँ कलाकार उमेश राई अचानक अर्कै कार्यक्रममा अनुबन्ध भएपछि बन्द गरेका थिए।
60
Shares
प्रतिक्रिया