झरना थापा निर्देशित अघिल्लो फिल्मका हिरो हुन् - अनमोल केसी।
तर उनकै बन्न लागेको नयाँ फिल्ममा नयाँ हिरो धिरज मगर भित्रिएका छन्। धिरज र अनमोललाई उद्योगको प्रतिस्पर्धी हिरोका रुपमा हेरिन्छ।
निर्माताहरुले यी दुईलाई एकको विकल्पमा अर्कोलाई लिने गरेका छन्।
उद्योगकै प्रतिस्पर्धी मानिएका धिरजलाई अनमोलले नयाँ यात्राका लागि शुभकामना दिएका छन्।
अघिल्लो फिल्ममा अनमोलको जोडी बनेकी सुहाना थापा ‘भागवत गीता’मा भने धिरजसँग सहकार्य गर्दैछिन्। यो जोडीलाई नै अनमोलले बधाई दिएका हुन्।
अनमोलको यो बधाईलाई फिल्म उद्योगसँग सरोकार राख्नेहरुले सकारात्मक रुपमा लिएका छन्। उनको बधाईलाई धेरैले प्रतिस्पर्धाप्रतिको सहिष्णुता भनेर व्याख्या गरेका छन्।
57
Shares

प्रतिक्रिया