लोक दोहोरी गायिका टीका पुनको एकल साँझ हुने भएको छ।
आगामी माघ २१ गते ‘टीका पुन सांगीतिक साँझ’ हुने भएको हो।
काठमाडौंस्थित नेपाल प्रतिष्ठानमा हुने उक्त एकल साँझमा टीकाले आफ्ना चर्चित गीत सुनाउने छिन्।
दुई दशक लामो समय सांगीति क्षेत्रमा बिताएकी टीकाका थुप्रै गीत चर्चित छन्।
‘लालुपाते फुल छैन रुख मात्रै’, ‘सलल बगेको भेरी नदी’, ‘क्षितिज पारी उनको बस्तीमा’, ‘म पूजा गर्छु मायाको’ लगायतका गीत टीकाले कार्यक्रममा गाउनेछिन्।
मंसिर १८, २०७९, आइतबार
प्रतिक्रिया