निर्देशक रामबाबु गुरुङले नयाँ चलचित्रको तयारी सुरु गरेका छन्।
उनको पछिल्लो फिल्म ‘फूलबारी’ प्रदर्शनको तयारीमा छ। केही समयअघि मात्रै रिलिज भएर ब्लकबस्टर फिल्म ‘कबड्डी ४’ निर्देशन गरेका गुरुङ नयाँ फिल्मको तयारीमा जुटेका हुन्।
उनले निर्देशन गरेको पछिल्लो फिल्म ‘सुन्दर बजार’ छायांकनमा जाने तयारीमा छ। फिल्मको छायांकन माघबाट सुरु हुने गुरुङले बताएका छन्।
यो फिल्मका लागि कलाकार अडिसनमार्फत छानिने छन्। निर्माण टिमले अडिसनमा सहभागी हुन इच्छुक कलाकारलाई आह्वान गरिसकेको छ।
यो फिल्म माघको हुस्सुमा खिचिने जनाइएको छ। फिल्ममा तराईका विभिन्न भूभागको दृश्य पनि समावेश गरिने बताइएको छ।
48
Shares
प्रतिक्रिया