नेपाली फिल्म ‘डिसेम्बर फल्स’ को पहिलो गीत सार्वजनिक भएको छ। फिल्मको ‘फकाउनै जानिनँ’ बोलको गीत रिलिज गरिएको हो। पहिलो पोस्टर र टिजर सार्वजनिक गरेसँगै चर्चामा रहेको यो फिल्ममा आर्यन सिग्देल र उपासनासिंह ठकुरीले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
सार्वजनिक गीत निशान भट्टराई र मेलिना राईले गाएका छन्। गीतमा दीपक शर्माको शब्द/संगीत सुन्न सकिन्छ। भक्तपुर दरबार स्क्वायरमा सेट लगाई खिचिएको गीतमा आर्यन र उपासनाले सयभन्दा बढी कोरसका साथ डान्स गरेका छन्।
यो फिल्म आगामी पुस १५ बाट देशब्यापी प्रदर्शनको तयारीमा रहेको छ। प्रवीण झाले निर्देशन गरेको यो फिल्ममा रामप्रसाद रिजालले लगानी गरेका छन्। यो फिल्ममा मार्फत अभिनेता आर्यन सिग्देल आफ्नो पुरानो क्रेज फर्काउने तयारीमा छन्।
आर्यनले यो फिल्मलाई दर्शकले माया गर्ने विश्वास व्यक्त गरेका छन्। लामो समयपछि पर्दामा फर्किन लागेकोमा निक्कै उत्साहित भएको समेत सुनाएका छन्। अभिनेत्री उपासना सिंहले आर्यनसँग पहिलोपटक स्क्रिन शेयर गर्न लागेकी हुन्।
रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा उपासना र आर्यनको साथमा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतका कलाकारले अभिनय गरेका छन्।
‘डिसेम्बर फल्स’ को पहिलो गीत
Shares
प्रतिक्रिया