कला


दीपकराज गिरीले कलाकारिता छाड्ने तर कहिले?

दीपकराज गिरीले कलाकारिता छाड्ने तर कहिले?

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १०:८, काठमाडौँ

आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका क्रममा थुप्रै कलाकारले राजनीतिमा आउने संकेत गरे। राजेश हमाल, करिश्मा मानन्धर, भुवन केसी, निर्मल शर्मालगायतका कलाकारले अर्को पाँच वर्षपछिको निर्वाचनमा आफूलाई उम्मेदवारका रुपमा देख्न पाउने उद्घोष गरे। तर उनीहरुले कलाकारिताका विषयमा केही बोलेनन्।

कलाकार तथा निर्माता दीपकराज गिरीले भने राजनीतिमा आए कलाकारिता छाड्ने बताए। अधिकांश कलाकारले विभिन्न दल तथा उम्मेदवारका पक्षमा खुलेका बेला गिरी भने तथस्ट देखिन्थे। उनी प्राय: देशको राजनीतिक प्रवृतिविरुद्ध व्यंग्य गरिरहेका हुन्थे। उनै गिरीले आइतबार काठमाडौंको दहचोकस्थित मतदान केन्द्रमा भाेट हाल्ने क्रममा आफू पनि राजनीतिमा आउन सक्ने संकेत दिएका हुन्।

अन्य कलाकारले झैं राजनीति र कलाकारितालाई सँगै लिएर नजाने उनको भनाइ छ। 

उनले भने, ‘म राजनीतिमा आउनुपर्‍यो भने फिल्म क्षेत्र नै छाडेर राजनीति गर्छु।’

राजनीतिक र सामाजिक मुद्दामा आफ्ना विचार व्यक्त गरिरहेका भए पनि राजनीतिमा लागिहाल्ने मनस्थिति अहिले नै बनिनसकेको उनको भनाइ थियो। उनले आफ्नो समर्थन व्यक्तिलाई भन्दा विचारलाई रहने पनि उनको तर्क थियो। 

गिरीले आफ्ना फिल्ममार्फत पनि विभिन्न राजनीतिक मुद्दालाई उठाइरहेका छन्। छिट्टै छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘छक्कापञ्जा ४’ मा पनि ७० प्रतिशत विषयबस्तु राजनीतिक अवस्थामा केन्द्रित रहने गिरीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad