हङकङ प्रमुख जोन लीलाई कोरोना संक्रमण

हङकङ प्रमुख जोन लीलाई कोरोना संक्रमण

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १०:११, हङकङ

हङकङका प्रमुख कार्यकारी जोन ली का चिउ कोभिड–१९ बाट  संक्रमित भएका छन्।

थाइल्याण्डमा भएको उच्च स्तरीय क्षेत्रीय व्यापार सम्मेलनबाट फर्किएसँगै ली कोरोनाबाट संक्रमित भएका हुन्।

हङकङको सरकारले सोमबार दिएको जानकारीअनुसार आइतबार विमानस्थलमा गरिएको पीसीआर परीक्षणबाट उनलाई कोरोना संक्रमण पुष्टि भएको हो।

ली बैंककमा भएको एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक)मा सम्मेलनमा सहभागी भएका थिए। उनी स्थानीय समयअनुसार आइतबार राति साढे ९ बजे हङकङ आइपुगेका थिए। 

अहिले जोन ली सरकारको मापदण्डअनुसार आइसोलेसनमा बसेका छन्। बैंककमा चौथो दिन गरिएको र्‍यापिड टेस्ट भने नेगेटिभ आएको थियो।

हङकङको सरकारका प्रवक्ताले दिएको जानकारीअनुसार कोरोनाबाट संक्रमित भएका लीले घरबाटै काम गर्नेछन् र आवश्यक परेको बेला भिडिओ मिटिङमा उपस्थित हुनेछन्।

लीसँगै थाइल्याण्ड गएका टोलीका अन्य सदस्यहरुको पीसीआर परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ। उनीहरुले पनि सुरक्षाको आवश्यक मापदण्डहरु पालना गरिरहेको प्रवक्ताले बताएका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .