कला


नेपथ्यको नयाँ गीत ‘भटभटे’ सार्वजनिक, भिडिओमा हेर्नुस्

नेपथ्यको नयाँ गीत ‘भटभटे’ सार्वजनिक, भिडिओमा हेर्नुस्

नेपालखबर
कात्तिक २६, २०७९ शनिबार १९:२२, काठमाडौँ

नेपाली लोकरक ब्याण्ड नेपथ्यले नयाँ गीत ‘भटभटे’ सार्वजनिक गरेको छ। 

तीन दशक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरुमाझ एघारौं एल्बम सार्वजनिक गरेको हो। 

छ वर्षअघि ब्याण्डले ‘कोशीको पानी यो जिन्दगानी’बाट दसौं एल्बमका गीतहरु सार्वजनिक गर्ने क्रम थालेको थियो।

छ वर्षपछि पहिलोपटक रेकर्ड गरिएको यो ‘भटभटे’ गीत भने एघारौं एल्बमको पहिलो गीत बन्न पुगेको नेपथ्यले जनाएको छ। 

यस सिर्जनामा गीत र कवितालाई एकापसमा मिलाउने प्रयत्न गरिएको गायक एवं सर्जक अमृत गुरुङ बताउँछन्। ‘कवितालाई गीतमा ढाल्ने काम पहिले पनि गर्दैआएको हुँ,’ अमृत भन्छन्, ‘यसमा भने रिदमिक अन्तराका साथमा कविता पनि मिसाएको छु।’

भिडिओ:

यसमा अलिकता हल्ला र अलिकता विद्रोहको झलक पनि आएको उनले बताए। गीतसँगै शब्दहरुलाई प्राथमिकताका साथ प्रस्तुत गरेर तयार पारिएको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ। भिडियोमा मोटरसाइकल चढ्दै काठमाडौं सहर घुम्नेहरुको दृश्य देख्न सकिन्छ।

सात मिनेट १५ सेकेण्ड लामो यस म्यूजिक भिडियोका लागि मोहन पुन मगरले क्यामरा र सम्पादन गरेका हुन्। 

म्यूजिक भिडियोको निर्माण नेपालयले गरेको हो ।

यो गीत तयार पार्नका लागि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएको जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad