ad ad

कला


सगरमाथा क्षेत्र घुम्न चाहने ४ जनाको बुढ्यौली मित्रताको कथा ‘उचाइ’

सगरमाथा क्षेत्र घुम्न चाहने ४ जनाको बुढ्यौली मित्रताको कथा ‘उचाइ’

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १७:१६, काठमाडौँ

नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक भएको छ।

आकर्षक रुपमा प्रस्तुत गरिएको ट्रेलरमा बुढ्यौली उमेरमा सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा चाहने चार साथीको कथा देखाइएको छ।

सुरज वर्जत्यले निर्देशन गरेको फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र र यहाँको मनमोहक दृश्य समेटिएको छ। अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पाले फिल्म मार्फत बुढ्यौली मित्रताको कथा भनेका छन्। 

फिल्ममा परिणिती नेपाली पदप्रदर्शकको भूमिकामा देखिएकी छिन्। नेपालमा पदयात्राको मौसम पनि सुरु भएकाले यो फिल्म अझै महत्वपूर्ण हुन सक्नेछ। पछिल्लो समय पदयात्रा गर्ने नेपालीको संख्या पनि बढ्दो छ। 

भारतको मुम्बईदेखि नेपालको सगरमाथासम्मको यात्राको कथा फिल्ममा हेर्न सकिन्छ। सार्वजनिक फिल्मको ट्रेलरले उमेर बढेपछि खुलेर जीवन बाँच्नुपर्छ र आशावादी बन्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ। 

नेपालमा झण्डै एक महिना रहेर छायाँकन गरिएको यो फिल्म आगामी कार्तिक २५ गते रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .