अभिनेत्री वर्षा शिवाकोटीले धुमधामपूर्वक विवाह गरेको धेरै समय भएको छैन। उनले गत बैशाख ९ गते अमेरिका निवासी आशिष गेलालसँग भव्यरुपमा विवाह गरिन्।
नेपाली फिल्म उद्योगमा स्थापित हुने संघर्ष गरिरहेकी वर्षाले विवाहपछि अमेरिकामै बस्ने बताउँदै आएकी थिइन्। विवाह लगत्तै अमेरिका पुगेकी वर्षाले श्रीमानसँगका रोमान्टिक तस्बिर पनि सार्वजनिक गरिन्।
तर उनी लामो समय अमेरिका बसिनन्। केही समय श्रीमानसँग बसेर उनी नेपाल नै फर्किन्। अमेरिकाबाट फर्किएपछि वर्षाले श्रीमान र फिल्मी करिअरलाई सन्तुलनमा मिलाएर अगाडि बढाउने बताइन्। आफ्नो व्यावसायिक करिअरमा श्रीमानको साथ मिलेको भन्दै वर्षाले श्रीमानलाई धन्यवाद समेत भनिन्।
तर वर्षा अमेरिकाबाट फर्किएपछि यो जोडीले एक–अर्कासँगका तस्बिर पोस्ट गरेका छैनन्। बरु उनीहरुले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक–अर्कालाई अनफलो गरेका छन्। वर्षाले मात्रै होइन, आशिषलाई वर्षाकी आमा दुर्गाले पनि अनफलो गरेकी छिन्।
सञ्जालको यो क्रियाकलापपछि वर्षा र आशीषको सम्बन्ध चिसिएको उनीहरुका शुभचिन्तकले आशंका गरेका छन्।
वर्षा र आशिष दुवैले सामाजिक सञ्जालबाट विवाह बाहेक अन्य युगल तस्बिर हटाएका छन्। धेरैले उनीहरुको सम्बन्धमा दरार आएको बताएका छन्। वर्षा र आशीष भने आफ्नो सम्बन्धको विषयमा मौन छन्।
Shares

प्रतिक्रिया