सुदूरपश्चिम


एकीकृत समाजवादीले देउवालाई सहयोग नगर्ने, कांग्रेस (बिपी)सँग सम्झौता

एकीकृत समाजवादीले देउवालाई सहयोग नगर्ने, कांग्रेस (बिपी)सँग सम्झौता

फाइल तस्बिर


नेपालखबर
असोज ३०, २०७९ आइतबार ८:४३, काठमाडौँ

सत्ता गठबन्धनमा आवद्ध दल नेकपा एकीकृत समाजवादीले डडेल्धुरामा नेपाली कांग्रेस (विपी)लाई सघाउने भएको छ। प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका कर्ण मल्ललाई सघाउने सहमति एकीकृत समाजवादी र विपी कांग्रेसबीच भएको हो। 

अघिल्लो पटक प्रदेश सभामा नेपाली कांग्रेसबाट निर्वाचित कर्ण मल्ल अहिले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध उम्मेदवारी दिएका छन्।

यस अघि एमालेले प्रतिनिधि सभामा विपी कांग्रेसलाई सघाउने बताएको थियो। तर, उक्त सहमति तोडिइसकेको छ। 

यहाँ एमालेबाट प्रतिनिधि सभामा उम्मेदवार छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad