कला


न्यूयोर्क बस्ने अजयसँग विवाह गर्दै रिस्ता बस्नेत

न्यूयोर्क बस्ने अजयसँग विवाह गर्दै रिस्ता बस्नेत

नेपालखबर
असोज ३०, २०७९ आइतबार ८:३०, काठमाडौँ

नायिका रिस्ता बस्नेतले घरज मगर्ने सुरसार गरेकी छिन्। उनले न्यूयोर्क बस्दै आएका अजय सिंह ठकुरीसँग लगनगाँठो कस्ने भएकी छिन्। 

पछिल्लो केहि समय यता रिस्ता र अजय प्रेममा थिए । उनीहरुले केहि समयदेखिको आफूहरुको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने भएका हुन्। 

पछिल्लो समय भैरहेका फिल्मको प्रिमियर कार्यक्रममा रिस्ता र अजय सँगै देखिदै आएका छन्। 

प्रिमियर भेटघाटकै क्रममा रिस्ताले चाँडैनै अजयसँग विवाह बन्धन बाँधिन लागेको बताएकी छिन्। 
अमेरिकाको न्युयोर्कमा कार्यरत अजय केहिसमय अघि मात्रै नेपाल आएका हुन्। मिति तय नभएपनि यसै वर्ष विवाहको तयारीमा रहेको रिस्ताले बताएकी छिन्। 

थुप्रै फिल्ममा अभिनय गरेकी रिस्ता उद्योगमा स्थापित हुन भने सकेकी छैनन्। ‘होस्टल’बाट अभिनय यात्रा थालेकी रिस्ता उद्योगमा स्थापित हुने सघर्षमा छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad