कला


हरिवंशले भने– हामीबाट चुनावी प्रचारको आशा नगर्नु

हरिवंशले भने– हामीबाट चुनावी प्रचारको आशा नगर्नु

नेपालखबर
असोज २५, २०७९ मंगलबार १४:७, काठमाडौँ

मुलुक चुनावी माहौलमा होमिएको छ। निर्वाचनका लागि उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराईसकेका छन्। निर्वाचन आयोज अन्तिम नामावली प्रकाशनको तयारीमा छ। निर्वाचनमा सहभागी सबै आफ्ना ऐजेण्डा बोकेर जनता माझ निस्किएका छन्।

चुनावी सरगर्मीकै बीचमा कलाकार हरिवंश आचार्यले चुनावी प्रचारमा सामेल नहुने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नागरिकको स्वविवेकलाई सम्मान गर्न आग्रह गरेका छन्।

उनले कसैको पक्षमा भोट माग्न र कसैको प्रचारक बन्न नसकिने बताउँदै आफूबाट चुनावी प्रचारको आश नराख्न आग्रह गरेका छन्। 

उनले लेखेका छन्, ‘कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन्। कतिसँग गहिरो मित्रता हुन्छ। कतिसँग नाता गासिएको हुन्छ। देशमा जब निर्वाचन आउँछ, त्यसबखत ती मित्रता, ती नाता र आत्मीय सम्बन्ध गाँसिएका व्यक्तिहरु उम्मेदवार बन्दछन्।’

उनले अगाडी लेखेका छन् ‘त्यसबखत हामीसँग केही आशा राख्नु स्वभाविक हो। मलाई चुनावमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागिदेला भनेर। तर हामी सबै राजनीतिक दल, सबै उम्मेदवारका साझा मानिस हौं। ब्यालेट बक्समा खसाल्ने मतपत्र को, कुन, चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो।’

उनले अन्तिममा आग्रह गरेका छन् ‘यो हाम्रो बाध्यता हो। त्यसैले मित्रता, आत्मीयता र नातालाई पवित्र नै राखी चुनावमा हामीबाट प्रचारप्रसारको आशा नगरिदिन अनुरोध गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad