कला


विदेश यात्राको तयारीमा ‘ऐना झ्यालको पुतली’

विदेश यात्राको तयारीमा ‘ऐना झ्यालको पुतली’

नेपालखबर
असोज ११ , काठमाडौँ

नेपालमा दर्शक र समीक्षकबाट दशककै उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ हलमा तेस्रो हप्ता चलिरहेको छ। तेस्रो हप्तामा पनि दर्शकको राम्रो साथ पाइरहेको फिल्मले अब चाँडै विदेशमा पनि यात्रा थाल्ने भएको छ।

देशमा पाएको प्रतिक्रियाले डायस्पोरामा रहेका दर्शकलाई लोभ्याएपछि अहिले फिल्म विदेशमा डिमान्डेड भएको छ। नेपाली भाषीको बाहुल्य भएका धेरै देशले फिल्मको प्रदर्शनमा चासो देखाएको र यसका प्रदर्शन अधिकार बिक्ने क्रम जारी रहेको निर्माता आकाश पौडेलले जनाएका छन्।

निर्माता आकाश पौडेलका अनुसार फिल्मको अस्ट्रेलिया र न्युजिल्यान्ड अधिकार भर्खरै बिक्री भएको छ भने जापानमा फिल्म केही समय अघि नै बिक्री भइसकेको छ।

निर्माता पौडेलले अष्ट्रेलिया र न्युजिल्यान्डमा फिल्म प्रदर्शनको अधिकार जान्बी इन्टरटेनमेन्टले लिएको जानकारी गराएका छन्। दुई देशका लागि १५ लाख हाराहारीमा यसको प्रदर्शन अधिकार बिक्री भएको निर्माता पौडेलले जनाएका छन्।

यसैगरी फिल्म अरब, कोरिया र अमेरिकामा पनि प्रदर्शन हुने तयारीमा रहेको निर्माताले जानकारी गराएका छन्। 

भर्खरै नेपालबाट ९५ औँ संस्करणको एकेडेमी अवार्ड (अस्कर)का लागि नेपालबाट सिफारिस भएको फिल्मले नेपालको बक्स अफिसबाट १ करोड हाराहारी ग्रस गरेको छ। 

बुसानको मुख्य प्रतिस्पर्धामा नेपालबाट छनाेट हुने पहिलो फिल्मको रेकर्ड बनाएको सुजित बिडारी निर्देशित फिल्मले बंगलादेश ढाकाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो। त्योबाहेक फिल्म विदेशका थुप्रै फेस्टिभलमा पनि छानिएको थियो। 

तीन दशक पुरानो परिवेश र समाजलाई कलात्मक तवरले अभिव्यक्त गरेको भन्दै दर्शकबाट धाप पाइरहेको फिल्मलाई आकाश पौडेलसँगै प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी मिलेर निर्माण गरेका हुन्। फिल्ममा सिरु विष्टबाहेक नयाँ कलाकारको अभिनय छ।

असोज ११, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.