ad ad

कला


‘प्रेमगीत ३’बारे भुवन केसीको विज्ञप्ति : करचुक्ता नै नभइ हिन्दीलाई अनुमति दिने कुरो भएन

‘प्रेमगीत ३’बारे भुवन केसीको विज्ञप्ति : करचुक्ता नै नभइ हिन्दीलाई अनुमति दिने कुरो भएन

फाइल तस्बिर


नेपालखबर
असोज ९, २०७९ आइतबार १६:९, काठमाडौँ

चलचित्र विकास बोर्डले नेपाली कथानाक चलचित्र‘प्रेमगीत ३’ सँग जोडेर विवादमा मुछेको भन्दै लिखित वक्तव्य नै निकालेको छ।

शुक्रबारदेखि रिलिज भको ‘प्रेमगीत ३’को हिन्दी स्वरांकनलाई लिएर चलचित्र विकास बोर्डले वक्तव्य नै निकालेको हो।

बोर्डका अध्यक्ष भुवन केसीसहितका पदाधिकारी तथा सदस्यहरुलाई ‘प्रेमगीत ३’ सँगको विवादमा जोडेर गरिएको भ्रामक, अतिरञ्जित, कपोकल्पित, लान्छनायुक्त, विवादस्पद अभिव्यक्ति र समाचार लेखिएको जिकिर गरिएको छ।

केसीले जारी गरेको विज्ञप्तिमा शुक्रबारदेखि रिलिजमा आएको ‘प्रेमगीत ३’को कर चुक्ता नै नभएकाले हिन्दी स्वरांकन नदिएको अर्को तर्क गरिएको छ।

करचुक्ता नएकै कारण कारण हिन्दी भाषामा स्वरांकन अनुमति नदिइएको पनि केसीले बताएका छन्। 

निर्माताले कर चुक्ता गर्नासाथ पुनः स्वरांकन अनुमति शुक्रबार नै दिइएको पनि बोर्डले जनाएको छ। 

आइतबार सेन्सर सिफारिसिका लागि निवेदन आउनासाथ  ढिलो नगरि त्यसका लागि सिफारिश गरिएको पनि जिकिर केसीले गरेका छन्। 

यसबारे सञ्चारमाध्यममा आएका खबरलाई पनि बोर्डले खेदजनक भनेको छ। 

बोर्डका अध्यक्ष केसीले आगामी दिनमा समाचार प्रकाशन, प्रशारण तथा टिप्पणी गर्दा सत्यतथ्यको ख्याल गर्न भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .