सन्दीप लामिछाने प्रकरणमा आक्रोशित हुँदै स्टाटस लेखेपछि सामाजिक सञ्जालमा गायक शिव परियारको व्यापक विरोध भइरहेको छ।
बिहीबार बिहान उनले बलात्कारको आरोप लगाउनेहरूप्रति आक्रोश पोखेका छन्। उनीहरूलाई गायक परियारले ‘पेसेवर पीडित’ भनेका छन्।
यसको व्यापक आलोचना भएपछि परियारले पुनः अर्काे स्टाटस लेखेका छन्। जसमा उनले आफू नराम्रो विचार र व्यवहार भएको मानिस नभएको स्पष्टीकरण दिएका छन्।
‘कुरा यत्ति हो, म नराम्रो विचार अनि व्यवहार बोकेको मान्छे हुँदै होइन’, गायक परियारले लेखेका छन्, ‘प्रहार गर्नेहरूको असंख्य प्रहार खप्दै यात्रा जारी राखिन्छ।’
यसमा कमेन्ट गर्दै कतिपयले गायक परियारलाई त्यस्ताे नबोलेको भए हुन्थ्यो भनेका छन् भने कसैले गलत शब्द फिर्ता लिन सुझाव दिएका छन्।
भदौ २३, २०७९, बिहीबार
प्रतिक्रिया