ad ad

कला


पापा ल्याउँछु भन्ने आमा फर्किन् बाकसमा

पापा ल्याउँछु भन्ने आमा फर्किन् बाकसमा

नेपालखबर
भदौ २०, २०७९ सोमबार ९:१३, काठमाडौँ

पछिल्लो समय नेपाली गीतमार्फत सर्जकहरु समाजको कथा भनिरहेका हुन्छन्। २ घण्टाको फिल्मले उठान गर्न नसकेका थुप्रै सुन्दर कथाहरु सर्जले छोटा गीत मार्फत भनिरहेका छन्।

पछिल्लो पटक सर्जक कमल खनालले मार्मिक गीति कहानी ‘बाकस’ सार्वजनिक गरेका छन्। यो गीत मार्फत कमलले समाजको मार्मिक कथा पस्किएका छन्। 

यो गीति कहानीमा गायक सुप्रिम गायिका सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटा मिसिएका छन्। खनाल स्वयंमको शब्द एवं संगीत रहेको गीतलाई मनोज खड्काले एरेन्ज गरेका हुन्। 

गीत मार्फत कथा भनिरहेका खनालले बाध्यताले खाडी मुलुक पुग्ने महिलाको कथा पस्किएका छन्। ‘खाडी मुलुक पुग्नेहरुको लहरमा महिलाहरुको संख्या पनि ठूलो छ। आफ्नो साना–साना सन्तानहरुलाई नानापापा ल्याईदिने बाचा गरेर आकाशमा उडेकी आमा बाकसमा फर्किदाको पीडा गीतमा समेटेका छौँ’ कमलले सुनाए। 

विदेशमा नेपाली महिलाले भोग्नुपरेको पीडा र मृत्यु, अर्कोतर्फ नेपालमा पारिवारिक विचलनको दृश्यसमेत  गीतको भिडियोमा समेटिएको छ। भिडियो सम्पादनमा कहलिएका सम्पादक मिराज अर्यालले ‘बाकस’को निर्देशन गरेका हुन्।

कलाकार सारिका केसी, कुलदीप अधिकारी, बाल कलाकारद्वय उमेश ढकाल र मञ्जिला बानियाँले अभिनय गरेको भिडियोमा आयुषा क्षेत्री, नरेश धिताल, मिथिला बानिया, शान्ति भट्ट, अशोक अर्यालले पनि देखिएका छन्। 

भिडिओ- 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .