ad ad

कला


दयाहाङ राईको शैली कपि गरेको धिरज मगरलाई आरोप

दयाहाङ राईको शैली कपि गरेको धिरज मगरलाई आरोप

नेपालखबर
भदौ १, २०७९ बुधबार ८:६, काठमाडौँ

अभिनेता धिरज राई अभिनित फिल्म ‘बाबरी’ प्रदर्शनको तयारीमा छ। सुरेन्द्र पौडेलको दिर्नेशनमा बनेको यो फिल्म आगामी असोज १४ बाट रिलिज हुँदैछ।

फिल्मको प्रचार पनि राम्रै भैरहेको छ। 

यो फिल्मको ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा धिरजलाई विक्रान्त ठकुरी काजी बनेका छन्।

ट्रेलर सार्वजनिक भएसँगै धिरजलाई कबड्डी फेम्ड अभिनेता दयाहाङ राईको शैली कपी गरेको आरोप लागेको छ। धिरजको ‘बाबरी’मा बोल्ने तरीका पनि दयासँग मिल्दोजुल्दो सुनिन्छ। 

आरोपको खण्डन गर्दै धिरजले दयालाई आइडल मान्ने बताए। अभिनयका हिसावले दयासँग आफ्नो तुलना हुनु भनेको निक्कै ठूलो कुरा रहेको धिरजले सुनाए।

धिरजले भने, ‘उहाँसँग तुलना हुनु मेरो लागि निकै खुसीको कुरा हो। यसमा मेरो काजीकै भूमिका भएकाले दयादाईको नक्कल गरेको फिल हुनसक्छ। तर, यो फिल्म हेरेपछि हरेक गाउँका काजीहरूले आफूलाई पाउनेछन्।’

‘बाबरी’मा देखिने विक्रान्त रियल लाइफको धिरज भन्दा निककै भिन्न रहेको उनको दाबी छ। यो फिल्ममा धिरजलाई  अदिती बुढाथोकी र धिरज नाडकरले शिर्ष भूमिकामा साथ दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .