ad ad

कला


पूर्वप्रधानन्यायाधीश कार्कीको ‘कारा’ सार्वजनिक

पूर्वप्रधानन्यायाधीश कार्कीको ‘कारा’ सार्वजनिक

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ९:५७,

नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको अर्को परिचय पनि छ, साहित्यकारको। उनले लेखेको पहिलो उपन्यास ‘कारा’ यसै साताबाट बजारमा आएको छ।

कारा भनेको के हो? उपन्यासकार कार्कीका शव्दमा, ‘कारा एउटा बन्धनको कथा हो। महिला कैदीहरुले भोगेको भौतिक कारागारको मात्र बन्धन होइन, समाजले उनीहरुलाई लगाउने गरेका अनेक बन्धनहरुको कथा यसले बताउँछ।’

निरकुंश शासन व्यवस्थाविरुद्ध जनआन्दोलन सुरु भएको समयको सेरोफेरोको कथा बोल्ने यो उपन्यास जेलभित्रको बेग्लै निरकुंशताको कथा पनि हो। बेकसुरदारलाई कसुरदार बनाउने र कसुरदारलाई अझै असुर बनाउने व्यवस्थामा केही निरीह महिलाहरुले भोगेको लामो ताडना र यातनाको गाथा हो– कारा। ‘लोकतान्त्रिक आन्दोलनका क्रममा म आफैं जेल बस्दा र ३० वर्ष वकालत गर्दा धेरै सेवाग्राही कैदी र तिनका आफन्तका कथाहरु सुनें। देखें। त्यसले पनि मलाई यो उपन्यास लेख्न प्रेरित गरेको हो,’ कार्कीले बताइन्।

पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायिक जिम्मेवारीमा छँदा देखे–भोगेका महिलाहरुका पिडा पनि उनको उपन्यासमा प्रतिविम्बित भएको पाइन्छ। अघिल्लो वर्ष प्रकाशित कार्कीको ‘न्याय’ नामको आत्मकथा धेरै पढिएका कृतिहरुमध्येमा पर्दछ। ‘कारा’ किताब पब्लिसर्सले प्रकाशन गरेको नयाँ पुस्तक हो। ‘हामीले यो उपन्यासमार्फत् सुशीला कार्कीको फरक व्यक्तित्वलाई सार्वजनिक गर्ने अवसर पाएका छौं। यसले पाठकहरुलाई फरक स्वाद दिने हाम्रो अपेक्षा छ,’ किताब पब्लिसर्सकी प्रमुख कार्यकारी अधिकृत कल्पना ढकालले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .