१३ औं साग अन्तर्गत महिला फुटबलको फाइनलमा पराजित भएपछि नेपाली महिला फुटबल टोली कप्तान निरु थापाले सन्यास घोषणा गरेकी छन्।
पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनलमा भारतसँग २-० ले पराजित भएसँगै कप्तान थापााले सन्यास घोषणा गरेकी हुन्।
यो पराजयसँगै सागमा नेपालको स्वर्णपदक सपना तुहिएको थियो। यस वर्षमात्रै नेपालले गुमाएको यो तेस्रो फाइनलमा थियो।
यसअघि नै महिला टोलीका प्रशिक्षक हरि खड्काले राजीनामा घोषणा गरिसकेका छन्।
प्रतिक्रिया