ad ad

कला


आमा बन्ने तयारीमा श्वेता

आमा बन्ने तयारीमा श्वेता

नेपालखबर
साउन ३०, २०७९ सोमबार १५:१३, काठमाडौँ

अभिनेत्री श्वेता खड्का आमा बन्ने तयारीमा छिन्। गर्भमा ६ महिनाको भ्रूण हुर्काइरहेकी श्वेताले कात्तिक अन्तिम साता अथवा मंसिर पहिलो सातालाई डाक्टरले डेलिभरी डेट दिएको बताएकी छन्। 

गर्भवती भएकाले अहिलेको धेरै समय घरमै आराम गरेर बिताइरहेको श्वेताले बताइन्। उनी सार्वजनिक कार्यक्रममा पनि देखिएकी छैनन्।

स्वास्थ्यमा केही जटिलता देखिएका कारण घरमै आराम गरिरहेको श्वेता बताउँछिन्। 

श्वेताले २०७७ साल मंसिरमा धनगढीका विजयन्द्रसिंह राउतसँग विवाह गरेकी थिइन्। 

श्वेताले सन्तान र करिअरलाई ब्यालेन्समा मिलाएर लैजाने बताइन्। अहिलेलाई भने गर्भमा हुर्किरहेको बच्चामै फोकस भएको सुनाउँदै उनले बच्चा जन्मिएपछि होम प्रोडक्सनको काम अगाडि बढाउने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .