कला


सलमानको ‘दबंग ३’ विरुद्ध हिन्दुवादीहरु एकजुट, गरे बहिष्कारको घोषणा

सलमानको ‘दबंग ३’ विरुद्ध हिन्दुवादीहरु एकजुट, गरे बहिष्कारको घोषणा

नेपालखबर
मंसिर २२, २०७६ आइतबार १२:४३,

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘दबंग ३’ रिलिज हुनुभन्दा अगाडि नै विवादित बन्दै गएको छ।

यसअघि फिल्मको नामसँगै साधु महात्मा देखाइएका बारेमा विवाद हुँदै आएको थियो। पछिल्लो समय आएर सम्पूर्ण फिल्म नै बहिष्कार गर्ने घोषणा गरेका छन्। सनातन हिन्दुवादी संस्थाले फिल्मको बहिष्कार गर्ने बताएका छन्। यो संस्थाभित्र अन्य धेरै संघ–संस्थाहरु छन्, ती सबै संस्थाहरु फिल्म बहिष्कार गर्नुपर्ने पक्षमा छन्।

हिन्दू जनजागृति समिति, बजरंग दल, हिन्दू राष्ट्र सेनालगायतका धेरै संस्थाले दबंग ३ लाई बहिष्कार गर्ने घोषणा गरेका हुन्। फिल्ममा साधु सन्तलाई गलत ढंगले प्रस्तुत गरेको भन्दै उनीहरु फिल्मको विरोधमा उत्रिएका हुन्। फिल्मको एउटा गीतमा साधु सन्तलाई गितार बोकेर उभिएको र कालो चस्मा लगाएको देखाइएको छ। दादर स्वामी नारायण मन्दिरमा सुटिङकै समयमा यसको विरोध गरिरहेका आन्दोलनकारीहरूले यो मुद्दा आजसम्म पनि यथावत राखेका छन्।

‘सलमान खानले कहिले पनि मुस्लिम धर्म गुरुहरू र ईसाई पुजारीहरूले त्यस्तो काम गरेका देखाएका छैनन जस्तो यस भिडियोमा साधुहरूलाई देखाइएको छ। त्यो साह्रै दुखद र भावनात्मक चोट पुर्‍याउने खालको छ। हामी यसलाई पूर्ण रूपमा बहिष्कार गर्छौं’, उनीहरुले भनेका छन्। सलमानको यो फिल्म यस वर्ष क्रिसमसको अवसरमा रिलिज हुँदैछ।

दबंग ३ मा सलमानन फेरि चुलबुल पाण्डेको भूमिका देखिनेछन्। सोनाक्षी सिन्हा फिल्ममा महिला मुख्य भूमिका खेल्नेछिन। दक्षिण भारतीय फिल्मका सुपरस्टार किचा सुदीप फिल्ममा नकारात्मक भूमिका रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad