निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई ठूला करदाता कार्यालयले १५ दिनभित्र २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ बुझाउन भन्दै पत्र पठाएको छ।
गत भदौमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले एनसेलसँग २१ अर्ब १० करोड रुपैयाँ कर असुली गर्नुपर्ने फैसला सुनाएको थियो। सोही फैसलाअनुसार १५ दिने म्याद दिएर पुँजीगत लाभकरबापतको रकम बुझाउन पत्र पठाएको हो।
ठूला करदाता कार्यालयले गत वैशाखयताको ब्याजसमेत जोडेर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरिएको पत्र एनसेललाई पठाएको हो। ठूलाकरदाता कार्यालयका निर्देशक देवीप्रसाद शर्माले नेपालखबरसँग कुरा गर्दै शुक्रबार उक्त पत्र एनसेललाई पठाइएको बताए।
सर्वोच्चको पूर्णपाठ कार्यालयले पाएलगत्तै एनसेलललाई ठूलाकरदाताले पत्र पठाएको हो।
याे पनिः
एनसेललाई १८ अर्ब छुट, २१ अर्ब मात्रै तिरे पुग्ने, यस्तो छ सर्वोच्चको फैसलाको पूर्ण पाठ

प्रतिक्रिया