दुर्गेश थापा र विवाद नेपाली सांगीतिक बजारका पर्याय जस्तै हुन। पाँच वर्षदेखि गीतका कारण आलोचित दुर्गेशले यो वर्ष भने आफ्नो छवि सुधार्ने कोसिस गरेका छन्।
अघिल्ला वर्षमा गीतका शब्द तथा भिडिओमा प्रयोग गर्ने पहिरनका कारण विवादमा आउने दुर्गेशले यो वर्ष पनि गीत बनाएका छन्। तर यो वर्ष उनी फरक देखिएका छन्।
यसपटक दुर्गेशले आफ्नो गीतमार्फत विभेदको मुद्दा उठान गरेका छन्। घर र समाजमा महिलालाई गरिने फरक व्यवहारलाई गीतमा उताेरका दुर्गेशको गीतको भिडिओमा अश्लीलता छैन।
गीतमार्फत महिलाको अधिकारको वकालत गरेका दुर्गेशको यो वर्ष अघिल्लो वर्ष जस्तो चर्चा पनि छैन। विवाद पनि छैन। धेरैले दुर्गेश अब आफ्नो छवि सुधार्ने दाउमा रहेको आकलन गरेका छन्।
विवादित छवि बनाएका दुर्गेशलाई आफूलाई सुधार्न ‘बीच्चबीच्चमा ६’ सम्म आउनुपर्यो।
पल शाह प्रकरणमा मुछिएपछि त दुर्गेशले थुप्रै ठाउँबाट बहिष्कार हुनपर्यो। दुर्गेशलाई थुप्रै स्टेजबाट बहिष्कार गरियाे। त्यसैले हुन सक्छ- दुर्गेश आफ्नो छवि सुधार्ने प्रयत्नमा देखिन्छन्।
Shares
प्रतिक्रिया