ad ad

कला


गायिका मेलिना राईले तोडिन् सञ्जीव बराइलीसँगको इन्गेज्मेन्ट

गायिका मेलिना राईले तोडिन् सञ्जीव बराइलीसँगको इन्गेज्मेन्ट

नेपालखबर
साउन २०, २०७९ शुक्रबार १७:८, काठमाडौँ

चर्चित गायिका मेलिना राईले एरेन्जर सञ्जीव बराइलीसँगको इन्गेज्मेन्ट तोडेकी छन्। 

मेलिनाले इन्गेज्मेन्टपछि दुईजनाबीच लामो विमर्श र छलफलपछि छुट्टिने निर्णय गरेको बताएकी छन्। 

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत यसबारेको जानकारी सार्वजनिक गरेकी हुन्। यी दुईजनाले गत वैशाखमा बिहेका लागि औँठी साटासाट गरेका थिए। 

'केही समय अगाडी मैले आफ्नो इन्गेज्मेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत घोषणा गरेको थिएँ। त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो', उनले भनेकी छन्, 'एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो।'

उनले समय छोटै भए पनि त्यसपछि जिन्दगीबारे लामो विमर्श भएको बताएकी छन्। 'हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थाल्यो। अर्थात हाम्रो विचारमा मेल खान सकेन', मेलिनाले भनेकी छन्, 'धेरै समीक्षा, आत्मसमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो।' 

उनले सबै इन्गेज्मेन्ट बिहेमा परिणत हुनैपर्ने बाध्यकारी कुरा पनि नरहेको भन्दै आफ्नो निर्णयको बचाउ गरेकी छन्। 

'फेरि सबै इन्गेज्मेन्टहरु बिहेमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ। त्यसैले आजकै मितिबाट हामीबीचको इन्गेज्मेन्ट तोडिएको कुरा म  फेरि यही सामाजिक सञ्जालमार्फत सार्वजानिक गर्दछु।'

उनले यसबीचमा आफ्ना शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमा मागेकी छन्। 'भविष्यमा अझै मिहिनेत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिवद्धता पनि व्यक्त गर्दछु', उनले भनेकी छन्। 

यसअघि सञ्जीवसँग इन्गेज्मेन्ट गरेपछि खास गरी मेलिनाका आफन्त र किराती समुदायका कयौँ मानिस क्रुद्ध भएका थिए।

यद्यपि केहीले भने उनको बचाउ गरेका थिए। मेलिना र सञ्जीवको इन्गेज्मेन्टलाई लिएर दलित समुदायले भने जातीय पर्खाल भत्काउन गरिएको साहसिक निर्णय भन्दै प्रशंसा गरेका थिए। 

सञ्जीव चर्चित एरेन्जर हुन्। उनले थुप्रै गीत लोकप्रिय गीत दिएका छन्। केही समय अगाडि लोकप्रिय बनेको ‘फुल बुट्टे सारी’ उनैले एरेन्ज गरेको गीत थियो। उनी चर्चित गितारिस्ट पनि हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .