नेपाली चलचित्र ‘जीवन काँडा कि फूल’ भारतमा प्रदर्शन हुने भएको छ।
नेपालमा प्रदर्शन भएको दुई वर्षपछि यो चलचित्र भारतमा प्रदर्शन हुन लागेकाे हाे।
आगामी भदौ १२ गतेबाट भारतका विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी रहेको कार्यकारी निर्माता जुनु गौतम बताइन्।
साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृतिमा आधारित भएर निर्माण गरिएको फिल्म सिक्किम, दार्जिलिङ, कालिम्पोङ, कर्स्याङ मिरिकसँगै भारतको उत्तरपूर्वका विभिन्न राज्यमा प्रदर्शन हुने तयारी भइरहेको उनकाे भनाई छ
फिल्मको ट्रेलर हेरेर भारतमा रहेका नेपालीले प्रदर्शनको माग गरेपछि प्रदर्शन गर्ने मिति तय गरेको गौतम बताउँछिन्।
भारतमा रहेका नेपालीले आफ्नो भाषाकाे चलिचत्र मन पराउनेमा निर्देशक विनोद विष्ट आशावादी देखिन्छन्।
चलचित्रमा झमकको सानो छँदाको भूमिका सिलिगुढीकी अवस्था थापा र झमकको किशोरावस्था पूर्वको भूमिकामा काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन्।
फिल्ममा सारिका घिमिरे, किसान सुनार, उमा गिरी, मेनुका प्रधान लगायतका कलाकारले पनि अभिनय गरेका छन्।
Shares

प्रतिक्रिया