ओरिजिनल गीतहरुको क्षेत्रमा नेपालकै सबैभन्दा ठूलो सङ्ग कन्टेस्ट लिएर अर्ना फेरि २०२२ मा उपस्थित भएको छ।
विगत दुई वर्षदेखि निरन्तररुपमा आयोजना गर्दै आएको अर्ना बियरले देशका कयौं गायक, संगीतकार तथा गीतकारहरुलाई आफ्नो कला प्रदर्शन गर्न एक पृथक मन्च प्रदान गरेको छ।
आइतबारदेखि आयोजना हुने अर्ना सङ्ग कन्टेस्टमा इच्छुकहरुले बनाएको ओरिजिनल गीतको अडियो फाइल अर्नाको फेसबुक पेज वा अर्नाको वेबसाइटमा पठाउन सक्ने कम्पनीले जनाएको छ।
१० लाख पुरस्कार राशी रहेको यस सङ्ग कन्टेस्टमा भदौ १५ गतेभित्र आफ्नो गीत पठाइ सक्नुपर्नेछ।
27
Shares

प्रतिक्रिया