कला


‘प्रकाश’को ट्रेलरमा प्रदीपको यस्तो संघर्ष (भिडिओ)

‘प्रकाश’को ट्रेलरमा प्रदीपको यस्तो संघर्ष (भिडिओ)

नेपालखबर
साउन ४, २०७९ बुधबार ८:२७, काठमाडौँ

नेपाली फिल्म ‘प्रकाश’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक ट्रेलरले पोस्टरले झैं सकारात्मक प्रतिक्रिया पाएको छ। दुई मिनेट १४ सेकेन्ड लामो ट्रेलरमा प्रदीप खड्का, दीया मास्के, रेणु योगीलगायत कलाकार समेटिएका छन्। 

ट्रेलरमा आफ्नो सपना पूरा गर्न घर छाडेर हिँडेको युवाको कथा प्रस्तुत गरिएको छ। फिल्मका मुख्य पात्र प्रदीपको सरकारी शिक्षक बन्ने सपना वरिपरी घुमेको ट्रेलरले चरित्र र द्वन्द्व देखाएको छ। प्रदीपको सपनाको संघर्षका साथमा सशस्त्र द्वन्द्वमा बेपत्ता भएका पतिको पर्खाइमा रहेकी दीया मास्केको उपस्थितिले ट्रेलर खँदिलो बनेको छ। 

यही फिल्मबाट रजतपटकमा डेब्यु गरेकी रेणु प्रदीपको वरिपरी घुमेकी छन्। देशन राउतले निर्देशन गरेको फिल्मको ट्रेलरमा सशस्त्र द्वन्द्वको परिवेशमा जुम्लाले भोग्नुपरेको आर्थिक र सामाजिक विभेदलाई चित्रण गरिएको छ। 

फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै प्रदीपले यो फिल्ममार्फत आफ्नो पुनर्जन्म भएको बताएका छन्। अभिनेत्री मास्केले ‘प्रकाश’ आफ्नो करिअरकै सबैभन्दा कठिन प्रोजेक्ट रहेको बताइन्। 

आगामी भदौ १० गतेदेखि प्रदर्शन गर्ने तयारीमा रहेको यो चलचित्रमा महेन्द्र अधिकारीले लगानी गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad