नेपाली सांगीतिक दुनियाँमा गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेको प्रेम चर्चा चल्न थालेको लामो समय बितिसक्यो।
बजारमा आफ्नो सम्बन्धलाई लिएर विभिन्न गसिप चलिरहँदा पनि उनीहरु मौन थिए।
यो जोडीले बजारमा चलेका कुनै पनि गसिपमा प्रतिक्रिया जनाएनन्। तर यसै साता अष्ट्रेलियाका लागि उड्न विमानस्थल पुगेका महेश अस्मिताले आफ्नो सम्बन्धका बारेमा स्पष्टीकरण दिएका छन्।
उनीहरुले एक स्वरमा भनेका छन् ‘हामी प्रेममा छैनौं।’ बजारमा आएको गसिप जस्तो आफूहरुको सम्बन्ध नभएको उनीहरुको तर्क छ। भन्छन् ‘हामी मिल्ने साथी मात्रै हौँ।’
सांगीतिक कामको सिलसिलामा आफूहरु धेरै ठाउँमा सँगै देखिएकाले धेरैले प्रेमको चर्चा गरेको महेशको तर्क छ। उनले भने ‘तर, हामीबीच असल मित्रताबाहेक अरु केही छैन।’
महेश अस्मिता आफूभन्दा उच्चस्तरीय गायिका भएको बताउँछन्।
अस्मिताले पनि बजारको गसिपलाई लिएर अचम्ममा परेको बताइन्। उनले अष्ट्रेलिया जानुअघि भनिन् ‘एज अ फ्रेन्डको जोनमा त बस्न सकिहालिन्छ, त्यति मात्रै हो।’
सांगीतिक यात्राका लागि अष्ट्रलिया पुगेका महेश र अस्मिता अहिले विभिन्न सहर घुमिरहेका छन्।
Shares

प्रतिक्रिया