ad ad

कला


आफ्नै फिल्मको कथाले तानेको छैन दीपकराज गिरीलाई

आफ्नै फिल्मको कथाले तानेको छैन दीपकराज गिरीलाई

नेपालखबर
असार १५, २०७९ बुधबार ७:३७, काठमाडौँ

हाँस्य कलाकार दीपकराज गिरीले चलचित्रको निर्माणसँगै रिलिज मिति तय गरिसकेका छन्।

आउँदो दशैँका लागि मिति पक्का गरेर प्रचारमा लागेका गिरीको फिल्मको कथा भने अझै फाइनल भएको छैन्। 

असारको पहिलो साताबाटै फिल्म छायाँकन गर्ने जनाइए पनि  असार १५ सम्म उनको फिल्मका छायाँकन सुरु भएको छैन। 

छायाँकनमा जान नसक्नुको कारण फिल्मको स्क्रिप्ट हो। लामो समयदेखि स्क्रिप्टमा काम गरिरहेका दीपकले फिल्मको स्क्रिप्टमा चित्त नबुझाइएको बताइएको छ। 

फिल्मका निर्देशक, कलाकार, प्राविधिक सबै तयार हुँदा पनि दीपक छायाँकनमा निस्कन तयार देखिएका छैनन्। आफ्नो फिल्मले कायम राखेको रेकर्ड अर्को फिल्मले तोडेपछि अर्को फिल्म अझैं उम्दा बनाउनु पर्ने दबावमा दीपक रहेका छन्। 

फिल्म रिलिजका लागि तोकेको मिति नजिकिदै गर्दा दीपक भने कथाले शत प्रतिशत नतानेसम्म काम सुरु नगर्ने बताउँछन्।

साउनको पहिलो साता फिल्म छायाँकनमा गएपनि दशैंमा रिलिज गर्न सकिने उनको तर्क छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .