ad ad

कला


एक लाख राशिको विशिष्ट लेखक पुरस्कार स्थापना

एक लाख राशिको विशिष्ट लेखक पुरस्कार स्थापना

फाइल तस्बिर


नेपालखबर
असार १२, २०७९ आइतबार १०:१७, काठमाडौँ

नेपाली लेखक सङ्घले रु एक लाख राशिको विशिष्ट लेखक पुरस्कार स्थापना  गरेको छ। सङ्घको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने एक स्रष्टालाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो।

सङ्घका अध्यक्ष एवं वरिष्ठ कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विसं २०८० वैशाख १६ गतेदेखि हरेक वर्ष ‘लेखक दिवस’ मनाउन सुरु गर्ने निर्णय गरेको छ। उक्त दिन नेपाली लेखक सङ्घका सबै प्रदेश तथा जिल्ला शाखालाई लेखक दिवस मनाउन निर्देशन दिने निर्णय बैठकले गरेको सङ्घका सचिवालय सदस्य नवीनचन्द्र घिमिरेले जानकारी दिए। 

स्रष्टाहरूले राजनीति परिवर्तनका लागि चालेको सङ्गठनात्मक चेतको उच्च स्मरण गर्दै उक्त ऐतिहासिक दिनलाई नेपाली लेखक सङ्घले ‘लेखक दिवस’ मनाउने निर्णय गरेको हो। उक्त दिवसकै अवसर पारेर प्रदान गरिने विशिष्ट लेखक पुरस्कारको अक्षयकोष स्थापना गर्न सङ्घले आफ्ना तर्फबाट रकम सङ्कलन गर्न सुरु गरेको छ। सो पुरस्कार प्रदान गर्न अक्षयकोषका लागि कार्यसमितिका तर्फबाट मात्रै रु ६ लाख बराबरको रकम सङ्कलन भएको छ।

सुरुआतमै निकै उत्साहपूर्वक स्वतःस्फूर्त रकम सङ्कलन  भएको उक्त अक्षयकोषमा आगामी दिनमा पनि विभिन्न सङ्घसंस्था र व्यक्तिबाट रकम सङ्कलन गरी कोषमा कम्तीमा रु २० लाख बराबरको मूल धन पुर्याउने लक्ष्य लिइएको सङ्घका अध्यक्ष श्रेष्ठले बताए। 

उनले उक्त पुरस्कार वितरण गर्न एक कार्यविधि निर्माण गरी स्रष्टाबाट स्रष्टाका लागि प्रदान गरिएको रकमलाई  व्यवस्थित गरिने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .